२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?

मंगलवार , पौष ८, २०७६

काठमाडौं, पुस  । नेपाल राष्ट्र बैंकले बुधबार (पुस ९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार