२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन आज सात सयले सस्तो, प्रतितोलाको कति?

बुधवार , मंसिर २४, २०७७

सुनको मूल्य आज सात सय रुपैयाँ सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन उक्त रुपैयाँ सस्तो भएसँगै आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ। यो सुन अघिल्लो दिन ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भने आज स्थिर भाउमा कारोबार भएको छ। अघिल्लो दिन १२ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटबढ नभएको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार