२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको भाउ घट्यो

सोमवार , मंसिर २२, २०७७

  काठमाडौं, मङ्सिर  ।  नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला एकसय रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छ। 

त्यस्तै, तेजावी सुनको भाउ ९२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आइतबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार २ सय छ रूपैयाँमा कारोबार भइरहको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४० अमेरिकी डलर छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार