२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रभु बैंक  :  सिमामा एक्स्टेन्सन काउण्टर सञ्चालन  गर्न समय थप 

बुधवार , मंसिर १७, २०७७


काठमाडौँ, मंसिर । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौ र प्रभु बैंक लि. को समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ भन्सार कार्यालयमा काउण्टरसत्तचालन गर्न समय थप गरिएको छ । थप काउण्टरहरुमा  भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व÷भन्सार  रहेका छन ।
ती भन्सार कार्यालयहरुमा संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् । सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौका तर्पmबाट महानिर्देशक श्री सुमन दहाल र प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले  सम्झौतामा पत्रमा आज हस्ताक्षर गरे ।  नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टर सेवाबाट सम्बन्धित भन्सार कार्यालयको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंक लि. को गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।  यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार