२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सिभिल बैंक  : 'दशौंं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न'  

बुधवार , मंसिर १०, २०७७

 

काठमाडौँ, मंसिर । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज  एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ । 

बैंकले गरेका सामाजिक उत्तरदायित्वका कार्यक्रमः

  • कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता 
  • बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना
  • बैंकले मातातिर्थस्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ध्भ्द्यक्ष्ल्ब्च् कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छाराज तामाङले सो उपलब्धी हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक महानुभाव, नियमनकारी निकाय, पत्रकार÷मिडियाकर्मी मित्र, शेयरधनी तथा प्रबद्र्धक मित्र तथा अन्य सम्पूर्ण शुभचिन्तक महानुभावप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

 

 

Plasma Donate by Civil Bank Staff (1).jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार