२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य, आज यतिमा हुँदैछ कारोबार

मंगलवार , मंसिर ९, २०७७

 काठमाडौं,  मंसिर ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । तोलामा १ हजार ८ सय रुपैयाँले घटेपछि मंगलबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार ८ सय थियो ।

सोमबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार