२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : 'दोहोरो अंकले बढ्यो, साढे ३ अर्बको कारोबार'

आइतवार , कार्तिक २३, २०७७

 

काठमाडौं,  कात्तिक  । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ 

दिनभर भएका ४१ हजार ७६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार