२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रानीपोखरीको बालगोपालेश्वर मन्दिर : 'पूजाआजा गरि गजुर राखियाे'

बिहिवार , आश्विन १५, २०७७

 

काठमाडौं, असोज  । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा विहीवार पूजाआजा गरि गजुर राखिएको छ ।
रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो ।

विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अन्रसार,  भूकम्पले क्षति बनाएको रानीपोखरीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको  छ ।  रानीपोखरीको सुन्दरतासँग पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि जोडिएको छ । ,

निर्माण सम्पन्न बालगोपालेश्वर मन्दिर फरक शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिरमा राखिने गजुर २८ तोला सुनबाट बनेको र त्यसको तौल १२३ किलोको रहेको छ । उक्त गजुर दरबाइ हाइस्कुलमा प्रहरीको निगरानीमा रहेको  छ । 
 लगभस सबै काम सम्पन्न भएको र  केहि फिनिसिङ, विद्युत विस्तार र पोखरीमा अझै १० इन्च पानी राख्न बाँकी रहेको  छ ।  हाल रानीपोखरी ३ करोड २२ लाख लिटर पानीले भरिएको छ ।
मन्दिरको थप सुरक्षाका लागि मन्दिर वरपर सिसिटिभी क्यामेरा जडान गर्नुका साथै गार्ड परिचालन गर्ने योजना  रहेकाे छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार