काठमाडौं, असोज । वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलका एक कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो कोरोना संक्रमण देखा परेपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए ।
एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अरु कर्मचारीको पनि पिसीआर परिक्षण गर्नुपर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको महानिर्देशक दहालले जनाए ।