काठमाडौं, भदौ । नेपाल राष्ट्र बैंकले आइतबार (भदौ २८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
