काठमाडौँ, भदौ । शुक्रबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ ।
शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।