२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

व्यापार तथा व्यवसाय : उपत्यकामा कुन बार कुन पसल खोल्न पाइने भाे त ?

बुधवार , भाद्र २४, २०७७

 

काठमाडौं, भदाै  । काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिकलगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसैगरी, भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसल साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार