२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अष्ट्रेलियाली विश्वविद्यालय

अध्ययन भन्छ : “रातो मासु मुटु रोगीका लागि घातक”

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वको बृद्धि गर्ने

शनिवार , भाद्र २०, २०७७

 

सिड्नी, भदौ ।  अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्व विद्यालयको टोलीले गरेको अध्ययनमा रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । 
प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययन कर्ताले बताएका छन । त्यस्ता तत्वले मुटुसँगै नशा र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनले देखाएको छ ।  
अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीलाई हानी पु¥याउने देखिएको छ ।”
स्रोत :  एएनआई

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार