२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न आज बोलकबोल

सोमवार , भाद्र ८, २०७७

काठमाडौं, भदाै  । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दै छ । 

राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार