काठमाडौं, साउन। अमेरिकी डलरको भाउ बिहीबार भने सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको थियो ।
पछिल्लो समय डलरको भाउ उच्च बिन्दुमा अडिएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि डलर सञ्चयतर्फ आकर्षित भएको देखिन्छ । नेपालमा भने भारतीय रुपैयाँको स्थिर विनियमको सीधा प्रभाव परेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने गर्छ ।