काठमाडौं, साउन । बषार्का कारण सिन्धुपाल्चोकको मेलम्ची ११ मा गएकाे पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।
कभर्ड हल निर्माणमा खटिएका कामदार गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।
गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।