२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

दुई दिनदेखि अविरल वर्षा

अछाम रामारोशन : "एकै वडामा तीनसय घर पहिरोको जोखिममा"

'जोखिममा रहेका ३८ परिवार खर्कमा सारिए'

बिहिवार , श्रावण १५, २०७७

 

 

अछाम, साउन । दुई दिनदेखिको अविरल वर्षाका कारण कालिकोटसँग जोडिएको रामारोशन गाउँपालिकामा एकै वडामा तीनसयभन्दा बढी घर पहिरोको जोखिममा परेका छन् । रामारोशन गाउँपालिका-५ का अल्लेडीका २५० घर, आडेखाँदका ५० घर, र नेटाकोटका ११ र सल्ली सैनका पाँच घर सहित ३१७ घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष लक्ष्मण परियारले सञ्चारकर्मीलाई जानकारी दिए ।
अल्लेडी टोलमा पहिरोको अति जोखिममा रहेका ३८ घर परिवार लेकमा रहेका खर्कमा सारिएको छ । उनले भने, सल्ली सैनमा रहेका पाँच घर पहिरोको उच्च जोखिम भएपछि सोही वडाको नागरिक सचेतना केन्द्रको भवनमा सारिएको छ ।
“गाउँको माथि र तलबाट फुटिसकेकोले गाउँ नै निकै जोखिममा छ ।” परियारले थपे, अहिले पानी रोकिए पनि अल्लेडी गाउँको तलबाट पहिरो बगिरहेको बताइएको छ । मंगलबार राती र बुधबार दिउसो आएको पानीले सोही वडाको जिङ्नेरवा भन्ने स्थानका १२ जनाका २० खेत पुरै बाढीले बगाएको छन् । चारवटा झुलुङ्गे पुल समेत बग्ने अवस्थामा पुगेको र छन् भने बाढीले स्थानीयका नौवटा घट्टसमेत बगाएको छ ।
सोही गाउँपालिका-४ खिराकाट्या र खौलाटोलका १२ घर जोखिममा रहेको वडा अध्यक्ष केशबहादुर बटालाले जानकारी दिए । पहिरोकै कारण तडेरवा र गोगन छडा लघु जलविद्युत पूणर् रुपमा अवरुद्ध भएको बताइएको छ ।
वडाको स्वास्थ्य चौकी र दुई विद्यालय जोखिममा छ । स्थानीय २६ जना दलित परिवारका२ १३ रोपनी जग्गा बगरमा परिणत भइसकेको छ वडा अध्यक्ष बटालाको भनाइ छ ।
गाउँपालिकाको कार्यालय सहित मुजाबगरमा २५ घर र वडा नम्बर १ को गज्जडबजारमा १५ घर कैलाश खोला नदीको उच्चजोखिममा रहेको उपाध्यक्ष सरस्वती रावलको भनाइ छ । गाउँपालिका-३ शान्तडाको खालबजारमा एक, शान्तडा बजारमापाँच घर समेत जोखिममा रहेको बताइएको छ ।
वर्षाका कारण घर भत्किएपछि वडा नम्बर ६ काविरमले साउँद छिमेकीको घरमा बसिरहेका छन् । रामारोशन गाउँपालिकामा रहेका ११ लघु जलविद्युत केन्द्र मध्येमा नौ जलविद्युत केन्द्र वर्षाकाकारण अवरुद्ध भएका बताइएको छ । क्षति भएको विवरण संकलनमा सम्बन्धित स्थानतिरै रहेकोले शुक्रबार पूणर् विवरण आउने र त्यसपछि उचित निणर्य लिइने उपाध्यक्ष रावलको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार