२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

फेरि बढ्यो सुनको मूल्य, तोलाको पुग्यो एक लाख नजिक

आइतवार , श्रावण ११, २०७७

काठमाडौं साउन। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आइतबार सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ। तेजावी सुन तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ।

महासंघका अनुसार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलाको १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।

शुक्रबारको तुलनामा सुनमा ५ सयले बढेर ९६ हजार ३ सय र चाँदीमा ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार