सुर्खेत, साउन । कणर्ाली प्रदेश सरकारले छोरीहरुको आर्थिक सामाजिक सुुरक्षाका लागि सुरु गरेको 'बैँक खाता छोरीकोः सुुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत छ हजार छोरीको बैँक खाता खोलेको छ । अघिल्लो वर्षदेखि प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम ल्याएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षमा पाँचहजार ९४५ जना छोरीको बैँक खाता खोलिएको हो ।
सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले सञ्चारकर्मीलाइ भनिन्, सबैभन्दा बढी दैलेखमा एक हजार ३१७ छोरीको बैँक खाता खोलिएको छ । उनले थपिन्, सुर्खेतमा ७२३, सल्यानमा ७०६, रुकुम पश्चिममा ८५२, जाजरकोटमा ५५३, डोल्पामा १६७, जुम्लामा ५४४, कालिकोटमा ७०४, मुगुमा ३०६ र हुम्ला ७३ जना छोरीको बैँक खाता खोलिएको छ ।
थानीय सरकारमार्फत सरकारले छोरीको बैँक खाता खोलिदिने गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा सरकारले कणर्ालीमा जन्मिने छोरीको बैँक खाता खोल्न तीनकरोड ४० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । उक्त बजेटमध्ये दुई करोड ८४ लाख मात्रै खर्च भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि देशभर लकडाउन भएपछि उक्त कार्यक्रम प्रभावित बनेको थियो ।
उनले अघिल्लो आर्थिक वर्षमा धेरै छोरीहरुको खाता खोल्न छुटेकाले आगामी भदौ ५ गतेसम्म खोलिसक्ने गरी कार्याविधि संशोधन गरि लकडाउनले असर गरे पनि यसलाई यसवर्ष प्रभावकारी रुपमा अघि बढाइने जनाइन ।
चालु आर्थिक वर्षका लागि सरकारले सातकरोड बजेट बिनियोजन गरेको जनाइएको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालनका लागि कार्यविधि तयार गरेको छ । सरकारले छोरी २० बर्ष नपुुग्ने बेलासम्म पहिलो महिना एक हजार र मासिक पाँचसय रुपियाँ छोरीहरुको बैँक खातामा जम्मा गरिदिने गरेको हो ।
२० बर्षमा एक जनाको छोरीको बैँक खातामा एक लाख २० हजार रुपियाँ जम्मा हुुन्छ । गत पुस १ गतेदेखि सरकारले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले बैँकमा जम्मा गरिदिएको रकम छोरीको उमेर २० बर्ष पुुगेपछि मात्र झिक्न पाइने, बालबिवाह नगरेको हुनुपर्ने, छोरीले माध्यमिक शिक्षा पुरा गरेको हुनुपर्ने र माध्यमिक तहको पढाई पुरा भएको प्रमाण पत्रका आधारमा मात्र दिने रकम उपलब्ध गराइने शर्त छ ।