२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बिकट कालापानी क्षेत्र

बिकट छाङरु : “पुग्न स्थलमार्ग निर्माणलाई तीब्र बनायो नेपाली सेनाले”

२०० मिटर ट्रयाक खोलेपछि नेपालभित्रबाटै आवत जावत हुने

मंगलवार , श्रावण ६, २०७७

 

काठमाडौँ, साउन । नेपाल - भारतबीच कालापानी सीमा बिबाद चुलिरहेका बेला दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्ग निर्माणमा नेपाली सेनाले तिब्रता दिएको छ । नेपाली भूमि भएर त्यहाँ पुग्न भौगोलिक रुपले बिकट भएकाले अवरोध भएका कारण नेपाली सेनाले ट्याक खोल्ने कार्यलाई तिब्रता दिएको छ ।
भौगोलिक रुपमा विकट मानिने घाँटीबगर-तिंकर सडक खण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो । छाङरुवासीले सदरमुकाम खलङ्गा आवत जावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।
मौरी भिरमा रहेको ठूलो चट्टान र घाँटीबगरमा गएको पहिरोले नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियो । सेनाले गोरेटो बनाएसँगै यो समस्या हल हुनेछ ।

नेपाली सेनाका अनुसार हालसम्म २५० मिटर गोरेटो बाटो सेनाले बनाइसकेको छ भने अब २०० मिटर ट्रयाक खोल्न बाँकी छ । त्यसमा सेनाले जम्मा ४५० मिटरको गोरेटो निर्माण गर्नेछ । त्यसपछि ८७ किमी सडक निर्माणको जिम्मा सोनालाई दिइएको छ । र, सो काम सेनाले थाल्न तयारी गरिरहेको जनाइएको छ ।
सरकारले दार्चुला-तिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने लक्ष्य लिएको थियो । मन्त्रिपरिषद बैठकले यो सडकको कुल १३४ किमीमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमी घाँटीबगर-टिंकर खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निणर्य गरेको थियो ।
आर्थिक वर्ष ०६५। ०६६ बाट निर्माण सुरुभएको यस सडकको काम लामो समयदेखि अलपत्र जस्तो थियो । त्यसबीचमा १५ वैशाख २०७७ बाट सडक निर्माणमा सेनालाई परिचालन गर्ने सरकारले निणर्य गरेको छ ।
कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई मिचेर भारतले सडक बनाएपछि जनआक्रोश तीब्र भएकै वेला सडक निर्माणका लागि नेपाली सेनाको एक सेक्सन प्लस फौज ८ जेठमा घाँटी बगर गएको थियो ।
त्यस क्षेत्रमा प्रधानसेनापति पूणर्चन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले असार पहिलो साता निरीक्षण भ्रमण पनि गरिसकेका छन् । चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र तिंकर गाउँमा करिब १८२ घरपरिवार छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार