२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नारायणगढ–मुग्लिन सडक

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध : 'पन्छाउन समय लाग्ने'

आज दिनभर जस्तो सडक अवरुद्ध हुनसक्ने

आइतवार , श्रावण ४, २०७७

चितवन, साउन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुईवटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार