काठमाडौं, साउन । बिगत केही दिनदेखि देशभर परेको दर्के पानीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको छ । जल तथा मौसम वज्ञिान विभागले सञ्चारकर्मीसँग सतर्क रहनुपर्ने अवस्था सिर्जना भएको बताएका छन । मौसमविद् भन्छन, न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले आउदो करिव चार दिन अर्थात साउन ९ सम्म वर्षाको अधिक सम्भावना छ ।
विभागका अनुसार गएराती प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लामा अत्यधिक वर्षा मापन भएको छ । मौसमविद्ले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूणर् बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम र कणर्ाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ
काठमाडौंका खोला नदीमा बहाव बढ्यो :
विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खुलगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी नालाको पानी किनारको सडकसम्म आउनसक्ने भएकाले अझै तीनघण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बारा, पर्सा र रौतहटमा दिउँसोसम्मै जाखिम :
बाढी सूचना केन्द्रले सोमबार बिहान ४ ः ०० बजे जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरएिको छ । त्यसैले नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
नवलपरासीमा १० बजेसम्म जोखिम :
यसैगरी परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने भएकाले अरूण खोला, गरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउनसक्ने चेतावनी दिइएको छ । त्यसैले नवलपरासीवासीलाई सोमबार बिहान १० बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको मौसम वज्ञिान विभागले जनाएको छ । सो क्षेत्रमा थप वर्षाको सम्भावना छ । त्यसैले डुडवा खोला र आसपास एक्कासी बाढी आउनसक्ने र राप्ती नदीमा जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
रंगुन क्षेत्रमा विहान १० बजेसम्म सतर्क रहन आग्रह :
सुदूरपश्चिमको डडेलधुराको रंगुन क्षेत्रमा अति भारी वर्षा मापन भएको छ । रंगुन क्षेत्रमा दुई घण्टाको अवधिमा १०० मि.मि. वर्षा मापन गरिएको छ । थप वर्षा हुने देखिएकाले महाकाली दोभान र आसपासका क्षेत्रमाखतरा हुनसक्छ ।
त्यसैले सोमबार १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अत्यधकि वर्षा भएपछि जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाएर सतर्क रहन पनि भनिएको छ ।