२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड

फेरि भासियो नारायणगढ–मुग्लिन सडक खण्ड

भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ

सोमवार , आषाढ २९, २०७७

 

चितवन,  असार । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो ।

अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार