परासी, असार । अबिरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएका कारण गण्डक ब्यारेका ३० वटा ढोका खोलिएको छ । नेपाल भारतवीचको नारायणी नदीमा बनेको गण्डक ब्यारेजका ३६ वटा ढोकाहरुमध्ये अहिले ३० वटा ढोका खोलिएको हो ।
नारायणीमा पानीको मात्रा बढ्दै गएपछि नेपालतर्फको नर्सही र सुस्ता क्षेत्रमा जोखिम बढेको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले स्थानीयलाई जोखिमविरुद्ध सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गर्दै स्थानीय सरकारलाई सहयोग र उद्धारमा लाग्न आग्रह गरिएको जानकारी ग।ाइएको छ ।