२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट : "पहिरोमा ७ काे मृत्यु, ५ जना बेपत्ता"

शुक्रवार , आषाढ २६, २०७७

काठमाडौं,  असार । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये सात जनाको शव भेटिएको छ । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्ता मध्ये सातजनाको शव भेटिएको र जसमध्ये तीनजनाको पहिचान खुल्न सकेको छैन ।

पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । ‘घटनाबारे म साथीहरुको सम्पर्कमै छु,’ डीएसपी श्रेष्ठले भने, ‘बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार