२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लायन्सले गर्यो एकै दिन २५६ कार्यक्रम

बिहिवार , आषाढ १८, २०७७

 

कठमाडौ, असार । लाइन्स क्लब डिस्ट्रिक ‘325A 1’ ले लायन टंकबहादुर श्रेष्ठको गभर्नरको पदस्थापन गरेको छ । सो अवसरमा देशका विभिन्न ठाँउमा समाजका बिपत्तिमा परेकालाई खाद्यान्न वितरण, विभिन्न स्थलमा खाना खुवाउनुका साथै रक्तदान, बृक्षरोपण जस्ता कार्यक्रम पनि गरेको छ ।
सो लाइनसले एकैदिन विभिन्न ठाउमा गरी झण्डै २५६ वटा सामाजिक काम गरेर बिश्वकै अधिक र सफल काम गर्ने संस्था र दिनको रूपमा स्थापित भएको जनाएको छ ।
सो कार्यक्रममा योे बर्षका गभर्नर लायन टंकबहादुर श्रेष्ठ, लायन कर्मा गुरुङको समूहमा अनन्त भेटवाल, खगेन्द्र सिटौला, कुमार सुबेदी, हरिकुमार दाहाल, शान्ता थापा, सुरेन्द्र बाग्लेसहितको सहभागिता रहेको थियो ।
सो कार्यक्रम प्रोत्साहन प्रोग्राममा लायन प्रदिप शाहले साहसले धेरै सहयोग गरेको र तुलसीराम कंडेल, बिष्णु खड्का, अच्यूत बिष्टलगायत विभिन्न क्लब सहितको सहयोगमा सम्पन्न भएकाृ थियो ।
कार्यक्रममा देश कोरोनाले आक्रान्त भएको बेला लायन्स क्लबले सबैभन्दा धेरै सहयोग गरेको चर्चा गरे । राष्ट्रिय हितको लागि लायन्सले गरेको सहयोग अतुलनीय अनुकरणीय रहेको कुरा शान्ता थापाले जानकारी दिइन । उनले आगामी दिनमा पनि सहयोग पु¥याउने योजना रहेको जनाइन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार