२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

बुधवार , आषाढ १७, २०७७

काठमाडौं, असार ।  बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ५ सयले बढेको छ ।

 

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार भने तोलामा ९१ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार २६५ मा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाले बढेर ९६० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार