काठमाडौं, असार । केन्द्रीय बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्चविन्दुमा अडिइरहेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर कमजोर बनेको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो ।