बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४५ पैसा तोकिएको छ । केही महिनादेखि डलरको भाउ उच्च विन्दुमा कारोबार भइरहेको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपालको विनिमय प्रणालीमा परेको हो । डलरसँग भारु जुन अनुपातमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन गरिन्छ ।