२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सोमबार अहिलेसम्मकै महंगो भएको सुनको भाउ म‌ंगलबार घट्यो

मंगलवार , आषाढ ९, २०७७

काठमाडौं, असार । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

सोमबार अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मै महंगो हो ।

अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।

महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार