२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा सचिवालय बैठक

नागरिकता : 'विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि दिइनुपर्ने '

विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता

शनिवार , आषाढ ६, २०७७

काठमाडौँ, असार । नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ ।

नेपाली पुरुष नागरिकसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने अङ्गीकृत नागरिकताको प्रावधानबारे विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धितले वैवाहिक अङ्गीकृत नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको हाे ।

नेकपा सचिवालय बैठकमा यसबारे छलफल भएपछि निष्कर्ष सुनाउँदै गैरआवसीय नेपालीको हकमा उहाँले सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र पाउनसक्ने कुरा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । हाल नागरिकता विधेयक संसदमा छलफलका क्रममा रहेकाबेला नेकपाकाे साे निर्णय अाएकाे हाे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार