२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरु पुगेर फर्किए

बुधवार , आषाढ ३, २०७७

काठमाडौं, असार । कालापानी सीमा नजिकै रहेको छाङरुमा पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल  फर्किएका छन् ।

सरकारले केही समय अगाडी छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) काे निरीक्षण गरी थापा र खनाल धनगढी फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ गएका थिए ।

छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा निकायका प्रमुखले व्रिफिङ लिएका छन् । साथै, आवश्यक निर्देशन पनि दिएका छन् ।

नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगर क्षेत्रमा ट्याक खोल्ने काम भइरहेको छ । यो कार्यका लागि नेपाली सेनाको फौज परिचालित भएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार