२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम पूर्वानुमान महाशाखाले भन्याे

देशैभर वर्षा : "'उर्लिए खोलाहरु, अधिकांश स्थानमा सचेत गराइयाे"

धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्कादेखि मध्यम वर्षा

सोमवार , आषाढ १, २०७७

 

काठमाडौं, असार  । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर वर्षा भएको छ । नेपालको  पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी  वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल प्रदेश नं ५ का थोरै भूभाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भूभागहरुमा  वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

देशभर  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

जसका कारण ती क्षेत्रहरुका नदिमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन  अनुरोध गरेको छ ।
 
सोमबार देशका अधिकांश स्थानमा वर्षा भएको थियो । वर्षा आगामी तीन दिनसम्मै हुने महाशाखाले जनाएको छ । मनसुन चलिरहेकाले यसले निरन्तर दुःख दिनेछ । पर्वतमा पहिरो आएर ८ जनाको ज्यान गएको छ । अन्य धेरै ठाउँमा पहिरो गएको छ । 

खोलाहरु उर्लिएका छन् । काठमाडौं उपत्यकामा पनि वर्षाले अप्ठेरो पारेको छ । सरकारले जताततै नयाँ बाटो निर्माण गर्न लागेका कारण पानी जमेर हिलाम्ये भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार