२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल नागरिक उडड्यन प्राधिकरण

मन्त्रिपरिषद् निर्णय : "व्यवसायिक उडानमाथिको प्रतिवन्ध २१ दिन थप"

विशेष उडानहरुले भने अनुमति पाउने

आइतवार , जेठ ३२, २०७७

 

काठमाडौं, जेठ  । नेपालमा व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप २१ दिन लम्बिएको छ । यसअघि ३२ जेठसम्म रहेको प्रतिवन्ध अब २१ असारसम्म पुगेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार लम्बिएको प्रतिवन्धबारे नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार सेवा प्रदायक कम्पनी, यात्रु तथा सरोकारवालालाई सूचित गरेको हो ।

यसबीचमा विदेशबाट नेपालीको उद्धारको काम धमाधम हुनेछ । उद्धार उडान, मेडिकल प्रयोजनका लागि हुने उडान, कार्गो उडान तथा अन्य अनुमति लिएर हुने विशेष उडानहरुले भने अनुमति पाउने भएका छन् ।

लकडाउन खुकुलो बनाएसँगै आन्तरिक तर्फको व्यवसायिक उडान खुल्ने अपेक्षासहित वायुसेवा कम्पनी र प्राधिकरणले तयारी थालेका थिए ।

तर, सरकारले लामो दूरीको सार्वजनिक सवारी र हवाई यातायात तत्काल नखोल्ने निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ११ चैतपछि लकडाउन शुरु गर्‍यो ।

त्यसपछि सबै प्रकारको व्यवसायिक हवाई उडानमाथि पनि प्रतिवन्ध लाग्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार