२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जल तथा मौसम पूर्वानुमान महाशाखा

सामान्य भन्दा दुई दिन ढिला गरी मनसुन भित्रियो, केही दिनमा सक्रिय हुने

आवश्यक पूर्वतयारीमा लाग्न सुझाव

शुक्रवार , जेठ ३०, २०७७

काठमाडौं, जेठ । सामान्य भन्दा दुई दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वबाट शुक्रबार मनसुन नेपाल प्रवेश गरेको हो ।

मनसुन प्रवेश गरेसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय छैन । तर न्यून चापीय क्षेत्रको प्रभाव बलियो रहेकाले एक–दुई दिनमा मनसुनी गतिविधि सक्रिय हुने देखिएको मौसमविदको भनाई छ ।

सोही भएर आवश्यक सतर्कता अपनाउन र मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न मौसमविदको सुझाव रहेको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिम भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ। शनिबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार