२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् निर्णय

लकडाउन खुकुलाे बन्याे : " िनजी सवारीमा जोर विजोर, पसल व्यबसाय खुला"

सरकारी कार्यालय दुई शिफ्टमा चलाइने

बिहिवार , जेठ २९, २०७७

काठमाडौं, जेठ  । सरकारले निजी सवारी चलाउन जोर विजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यका भित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।
त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरु भने खुलाउन नपाउने निर्णण गरेको छ । निजी सवारीमा चालकबाहेक दुईजनाले यात्र गर्न पाउन, मोटरसाइकलमा एकजना मात्र चढ्ने पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
शिक्षण संस्थाहरुका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठन पाठन गर्न नपाउने, त्यस्तै सरकारी कार्यालय दुई शिफ्टमा चलाइने बताए । उनका अनुसार विहान ८ देखि १ र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।
रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उनले जानकारी दिए ।
सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र भिडभाड गर्न नपाउने बताइएको छ ।

निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक रोमा एकजना मात्र राख्न पाउने र मास्क लगाएर सेनिटाइज गरेर मात्र सवारी चलाउने पाउने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार