२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जल तथा मौसम पूर्वानुमान महाशाखा

मुलुकका विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

सतर्क रहन आह्वान

बुधवार , जेठ २८, २०७७

 काठमाडौं, जेठ  । पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरू तथा कर्णाली, सुदूरपश्चिम र प्रदेशका ५ का केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार