२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय

जंगीअड्डाले भन्यो – " सेनालाई विवादमा ल्याउने प्रयास भयो "

नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम सामग्री खरिद

बुधवार , जेठ २८, २०७७

 

काठमाडौं, जेठ  । बुधबार एक विज्ञप्ति जारी गर्दै जंगीअड्डाले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । विज्ञप्ति जारी गर्दै भनेको छ, 'कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा सेनालाई विवादमा मुछ्ने प्रयास भएको छ ।'

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले भनेको छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भिर विषय हो ।

सरकारले दिएको जिम्मेवारी बमोजिम तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको परिस्थितिमा समेत पारदर्शिताका साथै उच्चस्तरीय मितव्ययिता अपनाउन खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरेर स्वास्थ्य सामग्री खरिद कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ ।


हेर्नुस् विज्ञप्ति

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार