२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कोभिड–१९ को विश्वव्यापी महामारी

अमेरिका : "निर्यातमा कमी, अप्रिलमा ४९.५ अर्ब डलर व्यापार घाटा"

निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास

शुक्रवार , जेठ २३, २०७७

वासिङ्टन, जेठ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ।

कोरोना भाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले  जानकारी गराएको छ।

अमेरिकी बाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो।

सन् २०२० मा (हालसम्म)अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ। यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको बाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार