२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि

बुधवार , जेठ २१, २०७७

काठमाडौं, जेठ ।  कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज बिहान १२ जनामा संक्रमण पुष्‍टि भएको हो।

बाणगंगा नगरपालिका १ का २१ वर्षका पुरुष, वडा २ का ८ वर्षीय बालिका र २६ वर्षकी महिला, ३९ वर्षका एक पुरुष, वडा नम्बर ४ का ३४ वर्षका पुरुष १, वडा नम्बर ७ का ३९ वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको हो।

त्यस्तै यशोधरा गाउँपालिका ७ का २२, २६, ३०, ३६, ४२ र ४८ वर्षका ६ जना पुरुषहरूमा पनि संक्रमण पुष्‍टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यससहित कपिलवस्तुमा संक्रमितको संख्या चार सय १४ पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार