२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना भाइरस

आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने व्यवसायीको निर्णय

सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाइने

बुधवार , जेठ २१, २०७७

काठमाडौं, जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ ।

सरकारले लकडाउनलाई निरन्तरता दिएको, लकडाउन खुलाउने पहल नगरेको तर कर तिर्न भने ताकेता गरिरहेको अवस्थामा अझै लकडाउन लम्बिने र व्यापार र व्यवसाय बन्द हुने हो भने पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएकोले रहरले नभइ बाध्यताले यस्तो निर्णय गर्नुपरेको महासङ्घले जनाएको हो ।

लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकोले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष नरेश कटुवालले बताए ।

बजार पसल खुला गरिएपनि कोरोनाको जोखिम कम गर्न न्यूनतम दुरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाइने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार