२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टिपर दुर्घटनामा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

मंगलवार , जेठ २०, २०७७

काठमाडौं, जेठ  । सर्लाहीको ईश्वरपुरमा भएको टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

चालक गम्भीर घाइते भएका छन् । मंगलबार राति ईश्वरपुर नगरपालिका-५ फुलजोरस्थित भित्रि सडक खण्डमा टिपर र ट्रयाक्टर आपसमा ठोकिँदा टिपरका सहचालक उदयपुको कटारी नगरपालिका-७ का २३ वर्षीय सुजन दनुवारको मुत्यु भएको हो । 

फलजोरबाट बयलवासतर्फ जाँदै गरेको ना ८ ख ३० ९३ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको ना ४ त ४१२५ नम्बरको ट्रयाक्टर आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक दनुवार स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि बिरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का घाइते टिपर चालक कटारी नगरपालिका-६ निवासी २४ वर्षीय विष्णुबहादुर दनुवारको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज लगिएकाे छ।

ट्रयाक्टर चालक सर्लाहीको ईश्वरपुर नगरपालिका-६ का रामप्रसाद महरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार