२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आजको मौसमः

नेपालमा ‘निसर्ग’ चक्रवातको प्रभाव, आज दिउँसो मेघगर्जनसहित वर्षा हुने

चक्रवातको प्रभाव शुक्रबारसम्म नै देखिने

मंगलवार , जेठ २०, २०७७

काठमाडौं, जेठ  । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवातको प्रभावले नेपालमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘निसर्ग’ चक्रवातसहित पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही उक्त क्षेत्रका केही भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

‘निसर्ग’ चक्रवातको प्रभाव शुक्रबारसम्म नै देखिने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार