२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बैतडीमा क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्यु, पीसीआर परीक्षणका लागि स्वाब संकलन

मंगलवार , जेठ २०, २०७७

बैतडी ,  जेठ ।  क्वारेन्टाइनामा बसेकी एक महिलाको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–४ भटनाको विद्यालय महादेव माविमा रहेको क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको हो ।

मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टले बताए ।

उनले रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने बताए । मृतक महिलामा दमको समस्या थियो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार