२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रुपन्देहीमा चट्याङ लागेर दुई महिलाको मृत्यु

सोमवार , जेठ १९, २०७७

काठमाडाैँ, जेठ ।  रुपन्देहीमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार वर्षासँगै लागेको चट्याङले जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ केटवलिया की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

चयनमतीलाई तरकारी बारीमा गएको बेला र कमलावतीलाई खेतमा काम गरिरहेको बेला चट्याङ लागेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार