२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आजको मौसमः

फेरि आयो अर्को चक्रवात: समयमै मनसुन सुरु हुने मौसमविद्को आशा

२२ देखि २४ जेठसम्म वर्षा हुने

सोमवार , जेठ १९, २०७७

काठमाडाैँ, जेठ ।   केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् ।

 

यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् । हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । 

यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्चहिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार