२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना कहरः

जुम्लामा १९ जनामा कोरोना पुष्टि, भारतबाट आएका सिधै गाउँ छिरेपछि त्रास

क्वारेन्टाइन कता बनाउने भन्ने अन्यौल

आइतवार , जेठ १८, २०७७

काठमाडौं, जेठ ।  जुम्लामा १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जुम्लामा पीसीआर परीक्षणबाट सुरक्षाकर्मीसहित १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइन राखिएको स्थल कर्णाली प्राविधिक शिक्षालयलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी गरिरहेको छ ।

यस्तै भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना बस्ने स्थान नभएर गाउँ पसेका छन् ।

क्वारेन्टाइन व्यवस्थापन नहुँदा भारतबाट आएका सिधै गाउँ छिरेका हुन् । उनीहरु गाउँ छिरेपछि जुम्लामा त्रास फैलिएको छ ।

राख्ने स्थान नभएर अन्यौल भइरहेको बेलामा बसपार्कमा त्यसै अलपत्र परेका उनीहरु त्यहाँबाट हिँडेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

स्थानीयको विरोधका कारण तोकिएको स्थानमा सरकारी संरचनाहरुमा राख्न नसकेपछि क्वारेन्टाइन कता बनाउने भन्ने अन्यौल भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार