२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना कहरः

थप १८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४ सय ७८ पुग्यो

२ सय १९ जना अहिले संक्रमणमुक्त

शनिवार , जेठ १७, २०७७

काठमाडौं,  जेठ । कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो। कर्णाली प्रदेशका कालिकोट र दैलेख गरी दुई जिल्लामा थप १८ संक्रमित देखिएका हुन्।

यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, नेपालभर १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा संक्रमितमध्ये २ सय १९ जना अहिले संक्रमणमुक्त भएका छन्। ७ जनाको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार