२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज काठमाण्डौका यी ठाउँमा दिनभरी नै बत्ती जाने

शनिवार , जेठ १७, २०७७

काठमाडौं,  जेठ । काठमाण्डौका केही ठाउँमा आज दिनभरी बिजुली नआउने भएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ  र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्यको लागि लाइन स्थानान्तरण कार्य तथा भिमढुंगा ११ केभि स्वीच जडान कार्य गरिने भएकाले विजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

आइतबार ११ बजेबाट साँझ ५ बजेसम्म सितापाइला, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत क्षेत्रमा बिजुली काटिने छ ।

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार