२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बिहानै मेघगर्जनले तर्सायो, सचेत रहन आग्रह

शुक्रवार , जेठ १६, २०७७

काठमाडौं, जेठ । बिहानै मेघगर्जनसहितको वर्षा भएपछि काठमाडौं उपत्यकावासीलाई झस्काएको छ । पटक पटक फरक ध्वनिमा मेघगर्जन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  नेपालमा पश्चिमी  वायुको आंशिक प्रभाव छ । नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव  रहेको छ।

महाशाखाले लगातार तीन दिन वर्षाको सम्भावना रहेको बताएको छ ।

त्यतिमात्र हैन मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावनाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह पनि गरिएको छ । 

काठमाडौं उपत्यकामा चिसो महसुस समेत गरिएको छ । 

महाशाखाका मौसमविद्हरुले प्रिमनसुनका कारण अहिले मौसममा छिनछिनमा परिवर्तन आइरहने बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार